काठमाडौं, १२ चैत । सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी कुल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित दरबन्दी तयार पारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भन्दै दरबन्दीको प्रारूप तयार पारेको हो ।
सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको नयाँ दरबन्दीअनुसार अब केन्द्र सरकार र त्यसअन्तर्गतका कार्यालयमा गरी ३६ हजार ८ सय ४५ कर्मचारी रहनेछन् भने प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार ४ सय २८ कर्मचारी रहनेछन् । सबैभन्दा बढी कर्मचारी भने स्थानीय तहमा रहनेछन् । स्थानीय तहमा ५४ हजार ३ सय ९२ कर्मचारी आवश्यक पर्ने गरी स्थानीय तहको दरबन्दी संरचना तयार पारिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
सरकारद्वारा हालै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने संगठन संरचना र दरबन्दीको निक्र्योल गर्न सामान्य प्रशासन सचिवको संयोजकत्वमा गठित गरिएको व्यवस्थापन तथा सर्वेक्षण समिति (ओएन्ड एम) कमिटीले समेत तीनै तहको संगठन संरचना र दरबन्दी निर्धारण गर्दा यसैलाई आधार मान्ने भएको छ ।
हाल निजामती क्षेत्रका ८६ हजार र स्थानीय तहका १८ हजार गरी १ लाख ४ हजार कर्मचारी छन् । यी कर्मचारीमध्ये झन्डै १० हजार कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन हालेका छन् ।
संघमा बढीमा २० देखि २५ हजारसम्म कर्मचारी रहन सक्ने अनुमानविपरीत सरकारले अहिले बढी कर्मचारी प्रस्ताव गरेको पाइएको छ । अदालत र न्याय क्षेत्रसमेत संघीय सरकारकै अंग हुने भएकाले ती निकायमा आवश्यक पर्ने कर्मचारी पनि संघीय सरकारअन्तर्गत नै राखिएकाले संघमा कर्मचारीको संख्या बढी देखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले तीनै तहमा चाहिने कर्मचारी दरबन्दीको प्रारुप तयार पारिएको भए पनि यसलाई अन्तिम रूप दिन बाँकी रहेको जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले तयार पारेको नयाँ दरबन्दीको प्रारूपअनुसार संघका प्रधानमन्त्री कार्यालयसहित २० मन्त्रालयमा मात्रै २ हजार ३ सय ३९ कर्मचारी आवश्यक पर्नेछन् । यसैगरी, संघअन्तर्गत संवैधानिक निकाय तथा आयोगमा २ हजार, विभागमा ४ हजार १ सय, संघमातहत प्रदेश तथा जिल्लामा रहने कार्यालयमा १५ हजार ८ सय ४५ कर्मचारी रहने प्रस्ताव गरिएको छ ।
यस्तै, श्रेणीविहीन (चालक, कार्यालय सहयोगी, वनरक्षक) आदि गरी १२ हजार ५ सय ६१ कर्मचारी संघमातहत नै छन् । यसैगरी, संघमातहत हुलाकी र हल्कारा गरी २ हजार ५ सय ३५ रहनेछन् ।
यसैगरी, सरकारले तयार पारेको प्रदेशको कर्मचारी संरचना दरबन्दीअनुसार प्रदेश मन्त्रालयमा १ हजार ४ सय २८ कर्मचारी रहनेछन् भने प्रादेशिक कार्यालयमा १३ हजार कर्मचारी रहनेछन् । साविकका क्षेत्रीय, अञ्चल तथा डिभिजन कार्यालय प्रदेशमा मर्ज हुनेछन् ।
स्थानीय तहमा रहने ५४ हजार ३ सय ९२ कर्मचारीमध्ये गाउँपालिका र नगरपालिकामा मात्रै अधिकृत र सहायकस्तर तहका गरी ३७ हजार १ सय ८६ कर्मचारी रहने गरी प्रस्ताव गरिएको छ ।
स्थानीय तहमा श्रेणीविहीन मात्रै १० हजार १ सय ६७ कर्मचारी रहनेछन् । यसैगरी, विषयगत इकाइ तथा सेवा केन्द्रमा गरी ६ हजार ५ सय कर्मचारी रहने गरी नयाँ दरबन्दी प्रारूप तयार पारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




