ललितपुर, १२ चैत । ललितपुरको पुल्चोकस्थित मन्त्रीहरूको क्वाटरका एउटै मोडलका १५ वटा भवन भारत सरकारको सहयोगमा २०२६ सालमा निर्माण भएको तथ्य फेला परेको छ ।
भवन निर्माण सम्भार डिभिजन प्रमुख अम्बादत्त जोशीले यसको पुष्टि गर्दै बाँकी ४ वटा भवन चाहिँ तत्कालिन सरकारले २०५२ सालमा बनाएको बताएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । सरकारसँग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ । हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन् । पुल्चोकमा अहिले १८ ओटा मन्त्रीक्वार्टर रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ ।
अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन् । क्वाटर अभाव भएपछि पाँच क्वाटर निर्माणका लागि टेन्डर आह्वान गरिएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार