काठमाडौं, १४ चैत । कांग्रेस सभापति शेरबहादुर देउवालाई विकान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरुले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिन पर्ने भएको कान्तिपुर दैनिकमा समाचार छ ।
कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति तथा विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर देउवा सभापति निर्वाचित भएको दुई वर्ष बित्दा पनि पदाधिकारी मनोनयन र पार्टीका ४२ विभाग गठन हुन सकेका छैन ।

विधानको व्यवस्थाभन्दा निकै ढिलो गरी देउवाले केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति र अनुशासन समिति गठन गरेका थिए । यीमध्ये केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विधानविपरीत भएको भन्दै खारेजीको माग उठेको समाचारमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार