इनरुवा, १४ चैत । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान गञ्जबाट मंगलबार साँझ सशस्त्र प्रहरीका दुई जवान घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घुस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो ।
भारतीय गाडीलाई नेपाल प्रवेसका लागि छोडेबापत रु २५ हजार रकम मागेकाले सो रकम दिन फेन्सी स्टोर पुगेको र विशेष सुराकीको आधारमा त्यहाँ आइपुगेका प्रहरी टोलीले पक्राउ गरेको अख्तियारका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक किशोरसिंह थापाले जानकारी दिए ।
सोमबार भारतीय गाडीलाई प्रवेश गराई दिएबापत रु २५ हजार माग गरेको र सो रकम मंगलबार दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




