सुर्खेत, १४ चैत । पञ्चपुरी नगरपालिका विद्याज्योति मावि बाबियाचौर सुर्खेतबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेकी १८ वर्षीया गोरीकला रोकायको मृत्युको घटनामा संलग्न तीन अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
अभियुक्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भई इलाका प्रहरीका कार्यालय बाबियाचौर सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान २८ वर्षीय हरि कोइराला, पञ्चपुरी नगरपालिका–८ बाँझीगाउँका २० वर्षीय लक्ष्मीप्रसाद बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोला रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
शंकाका आधारमा प्रहरीले अनुसन्धानका लागि मंगलबार तीनसहित आठ जनालाई अनुसन्धानका लागि लगेको थियो । मङ्गलबार नै प्रहरीले घटनास्थलबाट यामाहा कम्पनीको भे ६ प ३४५१ नंको मोटरसाइकल, पाँच थान मोबाइल, मोटरसाइकल चालक लक्ष्मीप्रसाद अधिकारीको रातो दाग लागेको सेतो कमिज, खैरो प्रकारको प्यान्टस र मृतकको चप्पल दसीका रुपमा बरामद गरेको थियो ।
त्यही दसीका आधारमा ट्राफिक प्रहरी कोइराला र बास्तोला दाजुभाइमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । “मोबाइलको कल रेकर्डले १२ गते राति १२ः०० बजेसम्म लक्ष्मीप्रसाद बास्तोला र गोरीकलाबीच फोन सम्पर्क भएको र त्यसपछि राति १ः१५ बजेतिर घटना भएको बुझाउँछ”, उनले भने ।
शव परीक्षण नभएकाले सबै कुरा अहिले भन्न नसकिने उनको भनाइ छ । प्रहरीका अनुसार ट्राफिक प्रहरी कोइरालाले शारीरिक सम्बन्ध राख्नका लागि केटी मिलाइदिन आफूलाई आग्रह गरेकाले गोरीकलालाई भेटाइदिएको बयान लक्ष्मीप्रसादले दिएका छन् । त्यसपछि उनीहरू जंगलमा गएर मदिरा खाएको र फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनकै डेरामा लिएर छाड्दा मृत्यु भएको भन्ने बयान दिएको बताइएको छ ।
मृतकका बुबा कालो रोकायले कर्तव्य ज्यान र जबर्जस्ती करणीको जाहेरी निवेदन दिएका छन् । सोहीअनुसार आरोपितहरूमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पञ्चपुरी नगरपालिका–३ चौरगाउँ निवासी रोकाया यही चैत ८ गतेदेखि पञ्चपुरी –५ का मीनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेमा अध्ययनरत रोकायको शव परीक्षणका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




