काठमाडौं, १९ चैत । भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्य्विधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारी साधन दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्नेछ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्याधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।

उनका अनुसार लामो समयदेखि गीतसंगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए । नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार