काठमाडौं– प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा ४२ देखि ५० जनासम्मको जम्बो टोली हुने भएको छ ।
यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो । प्रधानमन्त्री कार्यालयले नै बनाएको निर्देशिकामा आर्थिक मितव्ययिता कायम गर्न भन्दै उच्च स्तरीय भ्रमण टोली बढीमा २५ जनासम्मको हुने व्यवस्था गरिएको हो । तर, प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा निर्देेशिका विपरीत भ्रमण टोलीको सङ्ख्या बढाउन लागिएको बताइएको छ ।
टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो । यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा पर्न धेरैले चाहाना राख्ने भएकाले सङ्ख्या बढ्न पुगेको हो । यद्यपि परराष्ट्र मन्त्रालयले भने उक्त टोलीमा बढीमा ४२ जनाको नाम मात्रै प्रस्ताव गरेको छ परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेका नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भ्रमण टोलीको टुङ्गो लाग्ने गर्छ ।
प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार मन्त्रालयबाट प्रस्तावित नाममाथि प्रधानमन्त्री कार्यालयले संशोधन गरेर घटाउन या बढाउन सक्ने भएकाले प्रस्तावित नामहरूमा केही थपेर ५० जनासम्म पुग्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




