काठमाडौं, ७ बैशाख । सरकारले धर्म परिवर्तन गराउने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाथि कडाइ गर्दै सरकारले धर्म परिवर्तन गराए देश निकाला गर्नेसम्मको कदम चाल्न सक्नेछ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थाको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न सक्ने अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

नेपालमा कार्यरत झण्डै दुई सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको छ ।

समाचार अनुसार, सदाचार नीतिको मस्यौदामा धर्म परिवर्तन नगराउने शपथपत्रमा हस्ताक्षर गर्नुपर्ने, कानून निर्माणमा दबाव सिर्जना गर्न निषेध गर्नेलगायत प्रावधान रहेको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार