काडमाडौं, ९ बैशाख । सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए । मन्त्री महासेठसँगको भेटका विषयमा यातायात व्यवसायी महासंघका पदाधिकारीले बोल्न नचाहेपनि मन्त्री लचिलो भएकाले समस्या केही दिनमै समाधान हुने बताउँदै आएक आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
व्यवसायीसँग सरकार लचिलो भएको हो भने प्रश्नमा मन्त्री महासेठले भने ‘ म व्यवसायीसँग लचिलो भएको हो । तर, सिन्डिेट जोगाउन होइन । व्यवसायीको पनि लामो सयमदेखि यो क्षेत्रमा योगदान छ । त्यसैले उनीहरूलाई वार्तामा ल्याउन म लचिलो भएको हो ।’
वार्ताबाट नै समाधान खोज्न सकिन्छ । यातयात व्यवस्था विभागले गत चैत १८ गते ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को संशोधन खारेजीका लागि सरकार लचिलो नभएको उनको भनाइ छ । तर, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले भने मन्त्रीसँग भेटेर विभागले ल्याएको निर्दे्शिका खारेजी गर्दै व्यवसायीलाई पनि केही समय दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।
‘सरकार व्यवसायीसँग वार्तामा बस्न तयार छ’, मन्त्री महासेठले भने, ‘ सिन्डिेकटको अन्त्य र कम्पनी मोडलबाट मात्रै सवारी रुट दिने विषय विपरीत सम्झौता हुँदैन ।’ सरकार व्यवसायीसँग यी दुई बाहेक अन्य विषयमा भने छलफल गर्न तयार रहेको मन्त्रीको भनाइ छ । बरु सरकारले कर छुट र पूर्वाधार विकासमा लचिलो हुन सक्ने मन्त्री बताउँछन् ।
‘व्यवसायीलाई समितिका नामका सञ्चालन भएका सवारीलाई कम्पनी वा फममार्फत पञ्जीकृत हुँदै रुट इजाजत गर्ने सयम तीन महिनाको दिएका छ। यो काम १५ दिनमा नै हुने काम हो’, मन्त्री महासेठले भने। व्यवसायीले भने मन्त्री महासेठलाई भेटेर केही समय थप गरिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




