काठमाडौं, १५ बैशाख । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा भएको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर गरेका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा देउवा पक्षधर नेताहरूले गलत संस्कार देखाएको भन्दै पौडेलको आलोचना गरेपछि पौडेलले आफ्नो बचाउ गर्दै देउवालाई हारको जिम्मेवारी लिन दबाब दिएका हुन् । ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ’, पौडेलले शुक्रबार बैठकमा भनेका थिए, ‘मेरो भागमा परेको जिम्मा म लिन्छु ।’
देउवा पक्षधर नेताहरूले हारको जिम्मा वरिष्ठ नेता पौडेलले पनि लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । तर, पौडेलले मूल नेतृत्व देउवाको भएकाले नैतिक रूपमा देउवाले नै जिम्मा लिनुपर्ने तर्क गरेका थिए । ‘कम्युनिस्ट गठबन्धनका कारण मात्र हामीले चुनाव हारेका होइनौं’, पौडेलले भने, ‘हाम्रो कार्यशैलीका कारण हार बेहोरेका हौं ।’
संविधानसभाबाट संविधान बनाउने बेला कांग्रेस रक्षात्मक हुनुले पनि चुनावमा कांग्रेस समर्थकहरू खुल्न नसकेको पौडेलको तर्क थियो । प्रधानमन्त्री बन्दैमा मात्र जनताले कसैलाई पनि स्वीकार नगर्ने तर्क पौडेलको थियो ।
‘गणेशमानजी एक पटक पनि प्रधानमन्त्री बन्नु भएन, तर तपाईं (शेरबहादुर) कति पटक प्रधानमन्त्री बनुभयो’, पौडेलले भनेका थिए, ‘आज जनताले तपाईंलाई पुज्छन् कि गणेशमानजीलाई ? ’ सत्तामा रहँदा पार्टी नेतृत्वले लोकप्रिय काम गर्न नसकेको र विधानअनुरूप सरकार सञ्चालन हुन नसकेको पौडेलको आरोप थियो ।
विगतमा पार्टी सभापति देउवाले नै एक व्यक्ति एक पदको कुरा गरे पनि आफू नेतृत्वमा आएपछि त्यसलाई ठाडै कुल्चेको पौडेलको आरोप थियो । त्यस्तै बैठकमा पार्टी एकीकरणको बेला आफूसँग भएको सहमतिलाई लागु गर्न नेता विजय गच्छदारले माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




