काठमाडौं, २० बैशाख । नेपाल आयल निगमले दुई महिनाको अन्तरालमा चारपटक पेट्रोलको मूल्य वृद्धि गरेको छ ।
गत चैतयता मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य चारपटक बढाएको हो । बुधबारदेखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा फेरि वृद्धि भएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीनरतीन रुपैयाँ बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

गत २० फागुनमा पेट्रोलको मूल्य वृद्धि गर्दै प्रतिलिटर १०३ रुपैयाँ रहेको थियो । त्यस्तै, १९ चैतमा पेट्रोलको मूल्य वृद्धि गर्दै १०५ रुपैयाँ पु¥याइएको थियो । गत ३ वैशाखमा पेट्रोलको मूल्य प्रतिलिटर १०६ पु¥याएको भए पनि अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलको मूल्य वृद्धि भएको भन्दै निगमले १०८ रुपैयाँ प्रतिलिटर पु¥याएको छ । त्यस्तै, गत १९ चैतमा प्रतिलिटर ८५ रुपैयाँका दरले रहेको डिजेल तथा मट्टीतेलको मूल्य त्यसयता पटक–पटक बढाउँदै निगमले ९० रुपैयाँ प्रतिलिटर पु¥याएको छ ।

योसँगै डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा नाफा रहेको र डिजेलमा प्रतिलिटर १ रुपैयाँ २२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ । अन्य हवाई इन्धन, एलपी ग्याँसलगायतका इन्धनको मूल्यमा भने कुनै हेरफेर नभएको प्रवक्ता गोइतले बताए । एलपी ग्याँसमा प्रतिसिलिन्डर ६४ रुपैयाँ घाटा रहेको निगमलाई समग्रमा पाक्षिक रूप साढे १० करोड नाफा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार