काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर हुँदै दुई दिने भ्रमणका लागि काठमाडौं आउने कार्यक्रम छ ।
मोदी शुक्रबार बिहान ९ बजे जनकपुर पुग्ने र जानकी मन्दिरको दर्शनसँगै बाह्रविघा मैदानमा हुने नागरिक अभिनन्दनपछि दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका छ ।
सुरक्षा स्रोतका अनु्सार शुक्रबार र शनिबार मोदी सवार हुने स्थानका सडकहरु पहिले नै पूर्णरुपमा खाली गरिनेछ । मोदी सवार नहुने रुटमा भने यातायात सहज रुपमा चल्नेछ । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै वौद्धस्थित होटल हायात जानेछन् ।
हायात होटल पुग्ने रुटमा गौशाला, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा चल्ने सवै सवारी साधन रोकिनेछन् । त्यसपछि अपरान्ह ४ बजे गार्ड अफ अनर ग्रहणका लागि सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम छ ।
त्यतिबेला चावहिल, गौशाला, नयाँ बानेश्वर, तीनकुनेलगायत रुटमा पूर्णरुपमा सडक खाली गराइनेछ । शुक्रबार नै साढे ४ बजे मोदी उपराष्ट्रपनि नन्दबहाुर पुनलाई भेट्न उपराष्ट्रपति भवन जाने कार्यक्रम छ । त्यतिबेला रत्नपार्क हुँदै दरबारमार्ग र जमल क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । उपराष्ट्रपतिसँगको भेटपछि मोदी त्यहीँबाट राष्ट्रपति निवास महाराजगञ्ज जाने कार्यक्रम छ ।
मोदी त्यो रुटमा सवार हुँदा लैनचौर, महाराजगञ्ज क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि मोदी महारागञ्ज, चाबहिल हुँदै बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्न जाने कार्यक्रम छ । शनिबार बिहान मोदी काठमाडौंबाट मुक्तिनाथका लागि प्रस्थान गर्नेछन् । त्यसक्रममा उनी विमानस्थल जाँदा पनि सो क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ ।
शनिबार बिहान साढे १० बजे मोदी मुक्तिनाथबाट काठमाडौं फर्किने र त्यसपछि पशुपतिनाथ दर्शन गरेर होटल हायात जाने तालिका रहेको बताइएको छ । त्यतिबेला गौशाला हुँदै हायातसम्मको रुटमा सवारीसाधन चल्नेछैनन् ।
त्यसपछि मोदी शनिबार दिउँसो साढे एकदेखि दुई बजेको बीचमा काठमाडौं महानगरपालिकाले गर्ने अभिनन्दनको लागि चावहिल, तीनकुने, बानेश्वर, माइतीघर हुँदै राष्ट्रिय सभागृह पुग्ने कार्यक्रम छ । मोदी शनिबार ४ बजे स्वदेश फिर्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




