काठमाडौं, ४ जेठ। केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन । बरु, तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दो थियो ।
तर, पछिल्लो ३/४ दिनमा एकता प्रक्रियाले नाटकीय रुप लियो र बिहीबार एकता घोषणा भयो । बालुवाटारमा दुई अध्यक्ष ओली र प्रचण्ड भेटेर ३ जेठ अर्थात मदन भण्डारीको निधन भएको दिनमै पार्टी एकता गर्ने तय गरेका थिए ।
तर, यसमा ओली र प्रचण्ड मात्र होइन, अरु केही नेताको पनि भूमिका रहेको स्रोतको दाबी छ । उनीहरुमध्ये एक हुन्, विष्णु पौडेल । अध्यक्षबाहेक पदाधिकारी नराख्ने भन्ने सहमति विपरीत उनलाई महासचिव बनाउनुले पनि त्यो पुष्टि गर्छ । एमालेभित्र मात्र होइन, प्रचण्डलाई समेत विश्वासमा लिएका कारण ओलीले उनलाई दोस्रो पुस्ताको नेताका रुपमा अघि सारेका हुन् ।
पार्टी एकता घोषणाको वातावरण बनाउन राष्ट्रपति विद्या भण्डारीको पनि भूमिका छ ।
स्रोतहरुका अनुसार प्रचण्ड ३१ वैशाखमा पार्टीका नेता नारायणकाजी श्रेष्ठ कहाँ पुगेका थिए । त्यहाँ पार्टी एकताबारे दुई नेताबीच ‘ब्रेकफास्ट मिटिङ’ भएको थियो ।
श्रेष्ठ एमालेसँग एकता प्रक्रियाका सूत्रधार मध्येका एक हुन् । र, उनले प्रचण्डलाई वैचारिक सैद्धान्तिक विषयमा नमिलेको छ भने भन्नुस्, नभए एकतामा ढिलाइ किन भन्ने गरेका थिए । त्यसैले यो भेटमा पनि उनले एकताको दबाव दिए ।
लगत्तै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको स्रोतहरुको दाबी छ । राष्ट्रपति भण्डारी र प्रचण्डबीच केके कुरा भयो, धेरै बाहिर आएको छैन ।
तर, प्रचण्डले आफू निकटका सीमित नेतालाई भनेका छन्, ‘राष्ट्रपतिलाई साक्षी राखेर एकतामा हाम फालेँ ।’
प्रचण्डलाई ओली र आफूबीच भएका सत्ता हस्तान्तरणलगायतका ‘भद्र सहमति’ कार्यान्वयन हुनेमा आशंका थियो । राष्ट्रपति भण्डारीले त्यसमा तलमाथि नहुने आश्वासन दिएको हुन सक्ने नेताहरुको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




