File photo

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका महिला नेत्रीलाई अनावश्यक माग उछालेको भन्दै हप्काएका छन् ।
ओलीले अनावश्यक मागमा उचालिएर नहिँड्न समेत चेतावनी दिएका आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । पार्टीको आन्तरिक संगठनात्मक संरचनादेखि सरकारको सहभागितासम्ममा पार्टी नेतृत्वले महिलालाई उपेक्षा गरेको भन्दै मंगलबार ज्ञापनपत्र बुझाउन पुगेका महिला नेत्रीलाई प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएको छ ।
ओलीले समावेशी, समानुपातिकका एजेन्डामा घुमिरहनेभन्दा पहिले पार्टीको विषयमा सोच्न आग्रह गर्दै महिला नेत्रीमाथि आक्रोस पोखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार