१८ मे, टोकियो ।जापानका लागी नियुक्त नेपालका राजदूत प्रतिभा राणा आफ्नो कार्यभार सम्हाल्न जापान आइपुग्नुभएको छ। राणालाई राष्ट्रपति बिद्या देबी भण्डारीले हालै जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नु भअको थियो ।

राजदूत राणालाई बिहीबार टोकियो हानेदा विमानस्थलमा स्वागत गरिएको हो । स्वागत गर्न जापानी दुताबासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल सहित दुतावासका द्वितिय तथा तृतिय सचिव टोपनारायण गिरी र रेवन्त केसीले विमानस्थल पुगेका थिए ।

स्वागतका लागि, गैरआवाशीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, प्रवासी नेपाली संगठन (ओनो )जापानका अध्यक्ष चन्द्र उपाध्याय, वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई, निवर्तमान अध्यक्ष रघुदिप खडका, नेपाल जापान नागरिक समाज अध्यक्ष कलेन्द्रविक्रम शाही लगायतका जापानका विभिन्न संघस्थाका  प्रतिनिधी, व्यवसायीहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

जापानमा तत्कालिन राजदूत मदनकुमार भट्टराईको पदावधि सकिएसंगै लामो समय देखि उक्त पद रिक्त थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार