मस्को, (एजेन्सी) । आफ्नो भूमिमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपका लागि रसियाले भब्य तयारी गरिरहेको छ । बिहीबार (आज)बाट सुरु हुने विश्व फुटबलको महाकुम्भको उद्घाटन समारोह कस्तो हुने हो सबैले अड्कल बाजी गर्न लागेका छन् ।
विश्वब्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् ।
विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुने रसियाले बताइरहेको छ ।
विश्वकपको ट्रफी, जसलाई जित्नका लागि ३२ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्, दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा भित्राउनेछन् ।

यस्तो छ उद्घाटन समारोह हुने रंगशाला

रुसको राजधानी मस्कोमा अवस्थित यस रंगशाला यस विश्वकपकै सबैभन्दा शानदार र प्रतिष्ठित रंगशाला किन पनि हो भने, यहाँ विश्वकप फाइनल खेल आयोजना हुनेछ ।

यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । ८० हजार दर्शक क्षमताको यो रंगशालो मस्कोभा नदीको छेउमा छ । दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन् ।
सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो ।

पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो । यस रंगशाला निर्माण तथा पुनर्निर्माणका लागि ४ सय मिलियन अमेरिकी डलर खर्च लागेको छ ।

यस रंगशालामा रुश र आउदी अरबले विश्वकप उद्घाटन खेल खेल्नेछन् भने १७ जुनमा जर्मनी र मेक्सिको, २० जुनमा पोर्चुगल र मोरक्को, २६ जुनमा फ्रान्स र डेनमार्कका खेलहरु हुनेछन् । त्यस्तै प्रिक्वार्टरफाइनल र सेमिफाइनल तथा फाइनल खेल यसै रंगशालामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार