काठमाडौं, १ असार । खाडीका सबै पंकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् ।

कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरुले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार