काठमाडौं, ७ असार । चीन सरकार र नेपाल सरकारबीच चिनियाँ रेल नेपाल पु¥याउन सहमत भएको छ ।
चीन र नेपाल उत्तरी रेल काठमाडौं पुर्याउन सैद्धान्तिक रुपमा सहमत भएको तर लगानी कसले गर्ने भन्नेमा टुंगो नलागेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठमाडौं टाढा छैन । के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्याउन सम्पूर्ण रुपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार