काठमाडौं, ३० असार । सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ ।
सिमकोट गाउँपालिका–६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको राम्रो नहुने सुनाएपछि उनीहरु डराएको समाचारमा उल्लेख छ ।
देउताको डरले काम रोकिने चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएका छन् । अब साउनमा ठेकेदारले देउतालाई बोको र भाले चढाउनुपर्ने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




