काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ ।
बालबालिकाहरु घरपछि बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको र त्यसक लागि एक विद्यालयमा एक नर्सको अवधारणा लागू गर्न शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायसँग सम्झौता गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सम्झौतामा विद्यार्थीको उपचारका लागि नर्स राख्ने व्यवस्था मात्रै छैन अब निजी विद्यालयको हाताभित्र अबदेखि जंक फुड, गुलियो पेयपदार्थ पूर्णरुपमा निषेध गरिनेछ ।
विद्यालयमा नर्स राख्ने अवधारणाबारे शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको र त्यहाँबाट प्रक्रिया अगाडि बढेसँगै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार