काठमाडौं, ११ साउन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको अनसन तोडिएको छ । बिहिबार मध्यरातमा उनको अनसन तोडिएको हो ।

केसी २७ दिन देखि अनसनमा रहेका थिए । केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमासहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोडेका हुन् । केसीका मागका सम्बन्धमा बिहिबार अबेरसम्म विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन् ।

केसीले अनसन तोडेसँगै त्रिवि शिक्षण अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेको बताइएको छ । उनले माग पूरा नभएसम्म स्वास्थ्य परीक्षण गराउन समेत अस्वीकार गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार