टोकियो, ३ अगस्ट । नेपाल जापान विद्यार्थी समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापानमा अध्ययनरत विद्यार्थीहरुको समस्या, सम्भावना र चुनौतीको विषयमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल जापान विद्यार्थी समाजका महासचिव कृष्णप्रसाद भुसाल र अर्थ संयोजक अजय रानाले प्रधानमन्त्री ओली र पररास्ट मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरी जापानमा अध्ययन तथा रोजगारको शिलाशिलामा रहेका नेपालीहरूको विभिन्न समस्याहरू नेपाल सरकारले जापान सरकारसँग समन्वय गरी समस्या समाधानका लागि प्रधानमन्त्री ओलीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा विशेषगरी जापानमा दुर्घटना तथा विभिन्न कारणले मृत्यु भएका नेपालीहरूको शव नेपालसम्म ल्याउन बिभिन्न शीर्षकमा १० देखि १५ लाख सम्म खÞर्च लाग्ने र यसलाई जापान सरकारसँग समन्वय गरी सरल र निशुल्क रूपमाँ स्वदेशमा लैजानका लागि ब्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ ।
आर्थिक अभावकै कारण नेपालसम्म ल्याउन नसकिने र प्रदेशी भूमिमै दाहसंस्कार गर्नुपर्ने बाध्यात्मक स्थिति रहेकाले यस्तो अवस्थमा ज्यान गुमाएका नेपालीहरूको शव नेपाल सरकारले यसैगरी जापान पठाउने नाममा मनपरि रूपमा रकÞम असुल्ने कन्सलटेन्सीहरूलाई कारवाहीको दायरामा ल्याउन समेत आग्रह गरेको छ ।
यस्तै विद्यार्थी समाजले जापान जानुपुर्व योग्यता प्रमाणपत्र आएपछि कलेजलाई पठाइने रकम र पछि नेपालस्थित जापान राजदुतावासमा अन्र्तवार्तामा फालिने यसले विद्यार्थीमा मात्रै नभएर परिवारमा समेत आर्थिक भार पर्ने हुदा यसलाई सुधारको लागि पनि सरकारसँग आग्रह गरेको छ ।
यसैगरी अध्ययन तथा रोजÞगारको शिलाशिलामा लाखौ यूवाहरू विदेसिन बाध्यरहेकाले यस अवस्थालाई रोक्न नेपालका विभिन्न क्षेत्रहरूमा प्राविधिक शिक्षा संचालन गरी स्वदेशमै अध्ययन गरी स्वदेशमै स्वरोजगार हुने वातावरण सृजना गरिदिनको लागि पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली र परराष्ट मन्त्रीले जापानमा देखिएका यस्ता समस्या समाधानको लागि सकरात्मक रहेको र यसलाई समाधान गर्नको लागि पहल गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




