काठमाडौं, १८ साउन । जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।
नेपालका लागि जापानी राजदुत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपमेयर कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
२०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्रि गेम्स ट्रेनिङ्ग क्याम्पसमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीन बर्षे सम्झौतामा नेपालका खेलाडीलाई एक्पोजर दिनेदेखि उनीको प्रशिक्षणमा सो शहरले सहयोग गर्ने छ ।
बार्षिक कबिर १ करोडको लागतमा खर्च गर्न सम्झौतामा उल्लखे छ । एथलेट सोसाइटी, जापानको गैर सरकारी संस्थाको सक्रियतामा खेलाडीको स्तरबृद्धिको कार्यक्रम संचालन हुने ।
शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको एमओयु कार्यक्रमा तामुरा सिटीका उपमेयरको नेतृत्वमा पाँच सदस्यी जापानीज टोलीको सहभागीता रहेको थियो । बिहिबार उनीहरु काठमाडौं आइपुगेका थिए ।
तीन दिन सम्म सो टोली नेपालमा बस्ने छ । सो अवसरमा एथ्लेट सोसाइटीकी युरिका नाकामुराले शनिवार एक इनडोर र आउटडोर स्पोर्टस वर्कशप गर्ने छिन् । बेइजिङ ओलम्पिकमा सहभागी भएकी म्याराथन धाविका हुने नाकामुरा ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




