काठमाडौं, २१ साउन । काठमडौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।

केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।

हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका आजको नागरिक दैनिकमा समाचार खबर छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार