काठमाडौं, २६ साउन । पूर्व एमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ ।
१, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्व माओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए ।
यद्यपि, प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी दिइने भएकाले अध्यक्ष र सचिव पदको बाँडफाँड पनि सन्तुलन मिलाएर गर्ने तयारी छ । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको स्थायी समिति सदस्य तथा प्रदेश ३ कार्यदलका सदस्य अग्निप्रसाद सापकोटाले बताए ।
‘एकताको स्पिरिटअनुसार भावनात्मक एकता प्रतिबिम्बित हुने गरी पूर्वपार्टीका तर्फबाट प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको छ ।
पूर्वएमालेका नेताहरूले प्रदेश ६ मा तत्कालीन माओवादीका नेता मुख्यमन्त्री रहेकाले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । उता, प्रदेश २ मा पूर्वमाओवादीले अध्यक्षभन्दा इन्चार्जमा बढी रुचि राखेको छ । यसअघि प्रदेशको जिम्मेवारी सम्हालेका नेताहरूको मर्यादाक्रमलाई समेत ख्याल गरेर इन्चार्ज र अध्यक्ष तथा सहइन्चार्ज र सचिव बाँडफाँडको सन्तुलन मिलाउने तयारी छ ।
अहिलेसम्म टुंगिएका प्रदेश १ मा पूर्वएमाले बढी समेटिएको कमिटी बन्ने भएको छ । कर्णाली प्रदेशमा भने पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना समेटिएको कमिटी बन्ने भएको छ । बाँकी प्रदेशमा २ नम्बरबाहेक पूर्वएमाले बढी सदस्य रहेको कमिटी बनाउने तयारी छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




