जेष्ठ ८, हङकङ । हङकङमा रहेको  चारभन्ज्याङ तमु समाजले नयॉ बर्षको शुभकामना आदन प्रदान सहित बारबिक्यु (BBQ) कार्यकम सम्पन्न गरेको छ ।

नेपाली नयाँ बर्ष २०७४ को शुभकामना आदन प्रदान साथै भेटघाट कार्यक्रमा  सधैको बर्ष जस्तै यस बर्ष पनि  बार्बेक्यु कार्यक्रम सम्पन्न गरेको समाजका सचिव राजु गुरुङले जानकारी दिनुभयो । कार्यकममा चारभन्ज्याङ तमु समाजका सदस्यहरु सहित हङकङमा बसोबास गर्ने अन्य  नेपालिहरुको पनि सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यकममा चारभन्ज्याङ भित्र रहेका ग़रीब तथा जेहेन्दर विद्यार्थीहरुको सहयोगको लागि रकम संकलन गरिनुको साथै समाजका नयॉ सदस्यहरुलाई स्वागत गरिएको थियो । सो कार्यकममा समाज स्विजस्वी गुरुङले नित्य गरेका थिए ।

कार्यकमको अन्त्यमा विविध रमाईलो गरिनुका साथै भाग्य चिठ्ठाको धोषण गरिएको अध्यक्ष अनिता गुरुङले बताउनु भयों ।

चारभन्ज्याङ तमु समाज मध्य पर्वत जिल्लाको ठानामौला, भंगरा, फलमाखानि तथा कुर्घा गाविसका गुरुङहरुको संस्था हो । चारभन्ज्याङ तमु समाज अहिले पोखरा, काठमान्डौ हङकङ तथा युकेमा रहेको छभने जापानमा गठन गरिने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार