काठमाडौं, ९ भदौं । ब्रान्ड नामका आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महँगो हुने ठानिन्थ्यो । तर अहिले औषधि प्रेस्काइप (सिफारिस) गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदैछ ।
अब फेरि फार्मेसीले कमिसनको चक्करमा गुणस्तरहीन औषधिको बिगबिगी बढ्नसक्ने देखिएको छ । औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तलाई औषधि धेरै सस्तो मूल्यमा दिन सकिने जनाएको छ । तर व्यवसायीहरूले भने जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही औषधि मात्र बेच्ने भएकोले बिरामीले गुणस्तरहीन औषधि सेवन गर्न बाध्य हुने आशङ्का गरिएको छ ।
औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने औषधि उत्पादकको भनाइ छ । औषधिमा हुने औषधीय तत्व वा गुणका आधारिमा जेनेरिक नाम राखिन्छ तर त्यही तत्व वा गुण भएका औषधिलाई फरक उत्पादक कम्पनीले फरक फरक ब्रान्डमा उत्पादन गर्छन् ।
नेपाल औषधि उत्पादन संघका अध्यक्ष दीपक दाहालले सरकारले जेनेरिक नाममा औषधि प्रेस्किप्सन गर्ने व्यवस्था गरे बजारमा गुणस्तरहीन औषधिले प्रोत्साहन पाउने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




