काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उपत्यकामा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन गरेको चिनियाँ टोलीले काठमाडौं महानगरपालिकालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
चाइनाको चाइना रेलवे २५औं ब्युरो गु्रप कम्पनी लिमिटेड (सीआरसीसी) ले सम्झौता गरेको चार महिना पनि नपुग्दै बिहीबार त्यसको प्रतिवेदन बुझाएको हो । चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सो कम्पनीले काठमाडौं र ललितपुर दुवै महानगरपालिका प्रमुखलाई हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ । कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसअघि सो कम्पनीले गत ११ जेठमा ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने भन्दै चाइनाको चाइना रेलवे २५औं ब्युरो गु्रप कम्पनी लिमिटेड (सीआरसीसी) कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग काठमाडौंको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । चिनियाँ कम्पनीले दुवै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफूहरु डीपीआरका लागि तयार रहेको पनि जानकारी दिएको छ ।
सो कम्पनीका इन्टरनेसनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिए । यसकालागि महानगरसँग हुने सम्झौताका अधारमा तोकिएको समयभित्र कामगर्न आफूहरु प्रतिवद्ध रहेको पनि उनले बताए । महानगरपालिकाले छिटो निर्णय दिए आफूहरुले डीपीआर सुरु गर्ने पनि जानकारी दिए ।
चिनियाँ कम्पनिले दिएको प्रतिवेदन ग्रहण गरेपछि काठमाडौंका महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले आफ्नै कार्यकालमा काठमाडौंवासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिनिया कम्पनीले सम्झौता गरेको समयसीमा भित्रै प्रतिवेदन बुझाएकोमा खुशी व्यक्त गरे । प्रतिवेदन ग्रहण गरेछि काठमाडौँका मेयर शाक्यले भने, ‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौँ ।
हाम्रो अध्ययनले यसलाई उचित ठानेमा केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउने छौं ।’ मेयर शाक्यले भने, ‘हामीले मोनोरेल चढेर विदा हुन्छौँ भनेको छौँ । तपाईँहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई–तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गछौं ।’
–चक्रपथभित्रको २७ दशमलव ५ किलोमिटरमा रेल चल्ने
–२१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेसन बन्ने
–सुरु गरेको तीन वर्षभत्रमा सम्पन्न गर्ने लक्ष्य
–काठमाडौं र ललितपुर महानगरले अध्ययनपछि निर्णय लिने
सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिना भित्र प्रतिवेदन बुझाउने र काम कम सुरु गरेको तीन वर्ष भित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले पनि चिनिया कम्पनीसँग काम गर्न आफूहरु इच्छुक रहेको बताए ।
सिआरसीसीले आफ्नो प्रतिवेदनमा पहिलो चरणमा कोटेश्वरलेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । कुल २७ दशमलब ५ किलोमिटरको चक्रपथमा सो कम्पनीले करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेशनमा उल्लेख गरेको छ । राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




