कञ्चनपुर, ३० भदौं । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ । तर, निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ ।
घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन् । पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन ।
शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, रांै, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । शव पाइएको उखुबारीमा जान खोला तर्नुपर्ने भएकाले कुकुरले पनि पिछा गर्न जटिल हुन्छ । कुकुरले गन्ध सुँघेर दोषी पत्ता लगाउँछ । तर अपराधी खोला तरेपछि जमिनको क्रम टुट्ने भएकाले कुकुरले पिछा गर्न नसक्ने प्रहरीका एक पूर्वअधिकारी बताउँछन् ।
ती पूर्वअधिकारीका अनुसार शव खोलापारिको पानीपानी भएको उखुबारीमा लगेर फालिनुले अपराधी कसरी प्रमाण मेटाउन सकिन्छ भन्ने विषयमा जानकार भएको देखिन्छ । उनका अनुसार शव र शव पाइएको उखुबारीको प्रकृति हेर्दा अन्यत्र बलात्कारपछि हत्या गरी त्यहाँ लगेर फालेको बुझिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
प्रहरीले किन फिंगर प्रिन्ट लिएन
हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ। तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो । साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपथ्र्यो। तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए।
अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ। प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो। तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए।
‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन्। अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के होरु यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ।
‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो। उसले योजनाबद्ध रुपमा प्रमाण मासेको हामीलाई लागेको छ।’
अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो
अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’
घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा(यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




