काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकका एमाले अध्यक्ष ओली अनुपस्थित रहेपछि र संसद सुचारु नभए सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी गरेको छ । संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन । संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार