काठमाडौं, ३ मंसिर । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । आगामी ३ वर्षत्रि देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो ।
पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन् । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् ।
राष्ट्रिय परिचयपत्रका लागि यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरका थप ५० जनालाई पनि परिचयपत्र वितरण गर्ने तयारी छ ।
‘राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । तत्कालका लागि २४ सय कार्ड बनेर हामीकहाँ आइसकेको छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई क्रमशः वितरण गर्दै जान्छौं ।’
पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।
३ वर्षभित्र सबैको हातमा राष्ट्रिय परिचयपत्र
आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ ।
त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्र्षिभत्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।
प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




