काठमाडौं, २३ मंसिर । सरकारले संघीय संसदसँग सहमति नलिई उसको नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको पाइएको छ ।
सरकारले हालको पुल्चोकस्थित मन्त्री निवासलाई राजकीय अतिथि गृह बनाउने र मन्त्री निवास भैंसेपाटीमा सार्ने निर्णय गरेको थियो । यसबारे सभामुख कृष्णबहादुर महराले भनेका छन्, ‘मसँग कुनै सल्लाह भएको छैन, एक्कासी निर्णय सुनें । यो निर्णयप्रति सांसदहरुले पनि आपत्ति जनाएका छन् ।’
आजको कान्तिपुर दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार