काठमाडौं, २४ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे ।
उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाासेठ, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगाय ले सरसफाइको कार्यक्रम गरे । तर, काठमाडौ महानगरपालिकाको बागदरबार कार्यालयदेखि उत्तरतर्फ डेढ सय मिटर अघि हिँडेपछि पुगिन्छ – सुन्धारको नेपाल टेलिकम कार्यालयको कार्यालय ।

उक्त कार्यालय अगाडि ढल फुटेको बर्षौ भइसक्यो । तर, यसलाई न महानगरपालिकाले देखेको छ न त टेलिकमले नै जसका कारण यात्रु दर्गन्ध सहन बाध्य छन् ।

‘मेयरसा’बले मन्त्री नै ल्याएर सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो । तर, आफ्नै कार्यालय अगाडि छेउमै ढल फुटेको देख्नुभएन,’ सुन्धाराका राकेश श्रेष्ठले भने, काला सिसा भएको गाडी चढेर नदेखेको हो कि ?’
आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार