काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् ।
महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन् । यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याइन् । साझा पार्टीका किशोर थापाले १८ हजार ६ सय ९६ मत ल्याए । यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनले ५८ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी हुन्। उनकी निकट्तम प्रतिस्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ३४९५४ मत ल्याए । यस्तै साझा पार्टीकी उम्मेद्वारले ११ हजार ५ सय ३३ मत ल्याइन् । शाक्य काठमाडौं महानगरपालिकाको तेस्रो मेयर निर्वाचित भएका हुन् । काठमाडौंकै पूर्वमेयर केशव स्थापितका योजना र महानगर सपना विद्यासुन्दरका सम्पत्ति हुन् । चुनावी दौरानका क्रममा स्थापितले उनलाई काँधमा बोकेरमात्र हिँडेनन् । चुनावी अभियानको सारथी नै बने । अबको महानगर निर्माणमा आफ्ना अग्रज केशव स्थापितको सहयोग र महानगरका संस्थापक मेयर पीएल सिंहको सद्भाव आफूलाई रहने विश्वास विद्यासुन्दरले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




