काठमाडौं, १५ जेठ । राजाका सन्ततिले जस्तै गणतन्त्रमा पनि उच्च तहका छोराछोरीले नै देशको ठुला र समाजसेवी पुरस्कार पाउने भएका छन् ।
देशले नवौ गणतन्त्र दिवश मनाई रहदा राष्ट्रपति र उपराष्ट्रपतिका सन्तति नै राज्यले दिने मान पदवीबाट सुशोभित भएको आलोचना सेलाउन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई राज्यले सुप्रवल जनसेवाश्रीबाट सुशोभित गर्ने भएको छ । दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रधानमन्त्री पुत्र प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचीमा छ । पदक घोषण भएपनि प्राप्त गर्न केही समय लाग्नेछ । प्रधानमन्त्री पुत्र प्रकाशले समाजसेवीका रुपमा उक्त पदक पाउने भएका हुन् । उनलाई चितवनका समाजसेवी भनिएको छ । प्रकाश दाहाल हाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छन् । सुप्रवल जनसेवाश्री पाउनेको सूचीमा १०९औँ नम्बरमा प्रकाशको नाम उल्लेख छ । उक्त पदक पाउनेमा अधिकांश नेपाल सरकारका कर्मचारी रहेका छन् । जसमा बहालवाला सचिव, सहसचिवको बर्चस्व छ। सुरक्षा निकायका उच्च अधिकारी र अवकाशप्राप्त सरकारी कर्मचारी पनि उक्त सूचीमा छन् । यसअघि उपराष्ट्रपति पुत्र दीपेश पुनले जनसेवाश्री पदक पाएका थिए । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीलाई मरणोप्रान्त दिएको नेपाल रत्न विभुषणबाट उनका छोरीहरु उषाकिरण र निशाकुसुम भण्डारीलाई सुशोभित गरिएपछि आलोचना भएको थियो । बावुको पदक ग्रहण गर्न मिलेपनि सुशोभित गराएको भन्दै आलोचना भएको थियो । यद्यपि उक्त पदक निशा र उषाको नभई स्वर्गीय बावुको नामको थियो । नवौँ गणतन्त्र दिवसका अवसरमा घोषित उक्त पदक केही दिनअघि दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार