काठमाडौं, १५ जेठ । मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना अनिश्चितकालको लागि स्थगित भएको छ ।
अब पुनः मतगणना गर्ने कि पुनः मतगणना गर्ने भन्ने विषयले भरतपुर फेरि तातिएको छ । यसबारे यसबारे निर्वाचन आयोगले कुनै निर्णय गरिसकेको छैन ।
मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाई रहेपनि चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले मतपत्र च्यातेको बताएका छन् । नेकपा एमालेले च्यातिएका मतपत्रहरुलाई एकातिर राखेर पुनः मतगणना सुरु गर्नुपर्ने माग राखेको छ । तालमेल गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले वडा. नम्बर १९ मा पुनः मतदान गर्नु पर्ने माग अघि सारेको छ ।
यसबारे स्थानीय तह निर्वाचन ऐन २०७३ मा के व्यवस्था छ त ? ऐनको ४९ मा मतगणना हुन हुनुअघि मतपत्र नोक्सान भएमा के गर्ने भन्ने व्यवस्था छ । मतदान पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग भएको मतपत्र, मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिए, खोलिए, नोक्सान वा तोडफोड, हराए वा दुर्घटनावश नोक्सान गरिए निर्वाचन अधिकृतले मतगणना स्थगित गरेर निर्वाचन आयोगलाई प्रतिवेदन दिनु पर्नेछ भनिएको छ । साथै यसरी मतगणना स्थगित भएपछि त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध घोषणा गर्ने र पुनः मतदान गर्ने ऐनको व्यवस्था छ । यस्तै ऐनको दफा ५० मा मतगणना स्थल अनाधिकृत रुपमा कब्जा गरिए के गर्ने भन्ने व्यवस्था छ । यसमा कसैले बल प्रयोग वा डरधम्की देखाएर मतगणना स्थल कब्जा गरी गणना प्रभावित गरे वा निर्वाचन अधिकृतलाई काम गर्न नदिए, मतपत्र, मतपेटिका लगयतका सामाग्री खोसेमा मतगणना स्थगित गर्नुपर्ने र निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई तुरुन्त प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




