काठमाडौं, १२ माघ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।
प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताए । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उनको भनाइ छ ।
शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्ता फरार हुन सफल भएका छन् ।
बालिकाकी आमा बबिता शाहले पनि उनी पहिले घरमा आएर बसेको स्वीकार गरेकी छन् । ‘छोरी कोहीसँग जान मन्दिन, चिनजान नै भएकाले उसँग मानेको हुनुपर्छ,’ उनले भनिन् । पारिवारिक स्रोतका अनुसार जनकपुरमा रहेको उनीहरुको घर आधा घण्टा हिँडेर जाँदा पुग्न सकिने ठाउँमा छ ।
बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि शुक्रबार करीब ९ बजेतिर छोरी हराएको खबर पाएकी थिइन् ।
तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँले बच्चाको खोजतलास थालेको थियो । शुक्रबार अपहरणकारी जोरपाटी, जम्बुडाँडा, तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझेको केहीसमयपछि नै बालिका अपहरण गर्ने गुप्ताकी श्रीमती अर्चना गुप्तालाई भने धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन÷चार जना पक्राउ गरे पनि अरुले पैसा बुझेको होइन भन्ने भएपछि अर्चनालाई पक्राउ गरी आज बिहान काठमाडौँ पठाइएको जानकारी दिए । उनको साथबाट रु एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक थपलियाले बताए ।
शुक्रबार अपहरणकारीले प्रयोग गरेको मोबाइलसमेत प्रयोग गर्न छाडेकाले नयाँ तरिकाले अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ । आज बबिताका श्रीमान् र पक्राउ परेकी अर्चना गुप्ता काठमाडौँ आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




