काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल सुरु भएको छ ।
राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन सम्बन्धमा आज व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने उपस्थित भएन । प्रमुख सत्ता घटक दल काँग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले यही जेठ १० गते राजीनामा दिएको थियो । प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रावधानानुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई यही जेठ ११ गते आह्वान गरेको थियो । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले संसद्को ठूलो दलको हैसियतमा काँग्रेस सभापति शेरबहादुर देउवाले बैठकको आयोजना गर्नुभएको जानकारी गराउँदै बैठकमा एमाले उपस्थित नहँुदा बैठकको उद्देश्य पूरा नभएको बताए । प्रधानमन्त्री दाहालले आफूले सभापति देउवालाई प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर उहाँहरु पनि उपस्थित हुने गरी राष्ट्रिय सहमतिको विषयमा अर्काे बैठक बोलाउन सुझाव दिएको बताए । बैठकबाट बाहिरिने क्रममा काँग्रेस सभापति देउवाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अब बन्ने सरकार सकेसम्म सहमति नभए बहुमतीय बन्ने बताए । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सकेसम्म सबैसँग सहमतिका लागि प्रयास गरिने जानकारी दिए । संसद्को ठूलो दल भएको र यसअघि माओवादी केन्द्रसँग भएको समझदारीअनुसार काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन बैठकको आयोजना गरिएको उहाँले स्पष्ट पारे । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले राष्ट्रिय सहमतिको सरकार बन्नेमा आफूहरु बाधक नहुने बताउँदै प्रमुख प्रतिपक्ष दललाई पनि समेट्न सुझाव दिइएको जानकारी दिए । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले यसअघि आफ्ना माग पूरा नगरेको गुनासो गर्दै तत्काल सरकार गठनमा निःसर्त कसैलाई पनि सहयोग नगरिने स्पष्ट पारे ।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपा, नेमकिपा, नेकपा(माले), नेकपा(संयुक्त), थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




