जेष्ठ १७,
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई सफा बनाउने ‘क्लिन द सिटी’ कार्यक्रममा हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने निर्णय गरेको छ ।
मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ ।
साथै नेपालीसँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने निर्णय पनि अनुमोदन भएको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्याउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ ।
रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ ।
बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । हालका अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको बैठकको ठहर छ ।
बैठकले महानगरको घर तथा टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विर्सजन र व्यवस्थापन गर्ने निर्णय गरेको छ । ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बाषिर्क १२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने अर्को निर्णय छ ।
भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय भएको छ ।
महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फि्र वाइफाइको व्यवस्था गर्ने निर्णय पनि भएको छ । महानगरका सबै वडा तथा विभागबाट प्रवाह हुने सेवालाई छिटो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने अर्को निर्णय छ ।
सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि पहिलो नगरकार्यपालिकाको बैठकको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




