काठमाडौं, १२ फागुन । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ ।
शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।
एक जना पनि विद्यार्थी नपाठाएको दाबी गदै विज्ञप्ति जारी गरेको एक्सपोर्ट कन्सल्टेन्सीले आफुले केही विद्यार्थी पठाएको जनाएको छ । आफुलाई स्वतन्त्र व्यक्ती भन्ने एक्सपर्टले विद्यार्थी पठाएको जानकारी गराउने चिरञ्जिवी तिवारीले आफुले वास्तविक पिडित चाडैनै तथ्याङक सार्वजनिक गर्ने बताएका छन् ।
उनले एक्सपर्टले १५ जना विद्यार्थी मात्र पठाएको दाबी गरेका छन् । उनले सबै भन्दा बढी मर्सि कन्सल्टेन्सीले विद्यार्थी पठाएको दाबी गरेका छन् । आफुले दुई तीन दिनभित्र तथ्याङक दिने बताउदै अष्ट्रेलियाबाट भने–समस्या परेका विद्यार्थीको विषयमा छलफल गरिरहेका छौ । तर तथ्याङक अनुसार सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सी मध्ये एक्सपर्ट अघिल्लो पंतीमा छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




