भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ ।
भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ ।
नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो । स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो ।
आउजीलाई राति घरबाट पक्राउ गरी कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरुले आउजीलाई छुटाउन भने सकेनन् ।
सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रुपैयाँ चोरी भएको र सो घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै उनको खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको बताइएको छ ।
भारतको कर्णाटकमा मजदुरी गर्दै आएका दिपायल सिलगढी नगरपालिका– ८ का भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्कीलगायतलाई भारतीय प्रहरीले पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका प्रसाद पार्कीलाई साथमा लिई भारतीय प्रहरी टोली डोटी पुगेको थियो । पार्कीकै सहयोगमा भारतीय प्रहरीले आउजीको घर पत्ता लगाउन सकेको हो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले पक्राउ परेका भारतीय प्रहरी दक्षिण भारतको कर्णाटकबाट आएका बताउनुभयो । “भारतीय प्रहरीले समन्वय गर्नेबारे आफूहरुलाई थाहा नभएको भन्दै माफी मागे,” देउजाले भन्नुभयो – “अब आउँदा नेपाल प्रहरीसित समन्वय गर्छौं भनेका छन् ।” आउजी र पार्कीका विषयमा छानबिन भइरहेको उहाँले बताए ।
यसअघि २०७३ वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । भारतीय प्रहरी हतियारसहित कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




