वीरगञ्ज, ३ बैशाख । नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ ।

करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।
महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौँको एक ल्याबमा बिक्री गरिसकेको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार