काठमाडैं, २८ जेठ । करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदा पनि पाउनेछन् ।
प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक भत्ता, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको हो । गत बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । करार सेवामा करिब २० हजार कर्मचारी रहेको अनुमान छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार