काठमाडौं । प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसियसन विथ एक्सन स्पोटर््स एण्ड पावड बाई गोल्डस्टारको बर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन् ।
पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठलाई पछाडी पार्दै अवार्ड जितेका हुन् । नेपाललाई १८ औ एसियाली खेलकुदमा प्याराग्लाईडिङ क्रसकन्ट्रीको पुरुष टिम ईभन्टमा रजत जिताउन सर्वाधिक स्कोर गरेका युकेशले स्याङ्जामा भएको पाराग्लाईडिङ एक्युरिसी वल्र्ड कपमा काँस्य पदक जितेका थिए ।
बर्ष महिला खेलाडी घाषित सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछाडी पारिन् । नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपुर्ण योगदान गरेकी सवित्राकै प्रभावशाली प्रर्दशनमा नेपालले भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो ।
पिपल्स च्वाइस अवार्ड भने भलिबलकी विभागीय टिम एपीएफकी रेश्मा भण्डारीले चुनिईन् । उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारिरिक सुगठनका महेश्वर महर्जनलाई पछाडी पार्दै रेश्माले लोकप्रिय अवार्ड जित्न सफल भईन् ।
बर्ष उत्कृष्ट प्रशिक्षक भने प्याराग्लाईडिङका योगश भट्टराई घोषित भए । एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत जिताएका उनी बर्षका उत्कृष्ट प्रशिक्षकको हकदार बने । उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराज चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछाडी पारे ।
एथ्लेटिक्सका अजितकुमार यादव युवा बर्ष खेलाडी घोषित भए । तेस्रो एसियन युथ च्याम्पियनसिपको ३ हजार मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका उनलाई युवा बर्ष खेलाडी घोषित गरिएको हो । उनले ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछाडी पारे ।
अन्तराष्ट्रिय रुपमा ब्यवसायीक फुटबल करियर अघि बढाईरहेका रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मानित गरियो । उनी अहिले ईन्डोनेशियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । उनकै उच्च प्रर्दशनमा पर्सिजा जाकार्ताले गत बर्षको लिग उपाधि उचालेको थियो । उनी बर्षको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए ।
एसियन खेलकुदमा ऐतिहासिक रजत पदक जितेको प्याराग्लाईडिङ टिम अफ दी इयरबाट पुरस्कृत भयो ।
पारा बर्ष खेलाडी भने क्रिकेटकी मनकेसी चौधरीले हात पारन् । गत बर्ष पाकिस्तानविरुद्वको ४ म्याचको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेकी उनीलाई पारा बर्ष खेलाडीबाट सम्मानित गरिएको हो ।
अन्तराष्ट्रिय एसियन खेल पत्रकार अवार्डबाट एआईपीएसका महासचिव तथा पाकिस्तान खेलकुद राईटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मल्लिक सम्मानित भए ।
लाईफटाईम एचिभमेन्ट अवार्ड भने एथलेटिक्सका हरिबहादुर रोकायाले प्राप्त गरे ।
२०७५ सालभर नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा योगदान पु¥याउने खेलाडी तथा खेलसम्बद्व ब्यक्तिलाई अवार्ड कार्यक्रमबाट पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




