काठमाडौं, ६ साउन । प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन (भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।
त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् ।
पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा दुईवटा प्रमाणपत्र नक्कली हुने गरेको छ । त्यस्ता प्रमाणपत्रधारीलाई ‘तपाईंको प्रमाणपत्र नक्कली हो, पुलिसलाई बोलाइदिऊँ ?’ भनेर पनिकाका कर्मचारीले भनेपछि उनीहरू तत्काल त्यहाँबाट भाग्ने गरेका छन् ।
त्यस्ता प्रमाणपत्र पनिकाको झ्यालबाट बुझाउँदा कतिपयले हेल्मेट र मास्कसमेत खोलेका हुँदैनन् । प्रमाणपत्र बुझाएको आधा घण्टाभित्रै सत्यापन गर्ने गरिएको छ । आजको गोरखापत्र दैनिकमा समचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




