काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विगत केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।
उनका १ छोरा र छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार