काठमाडौं, ८ असार । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन दुई महिना पछि हुने गरी सरेको छ ।
महासंघले यसअघि असार २२ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । अब महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंको प्रज्ञा भवनमा हुनेछ । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेको लागि निर्धारण गरेको कारण महासंघका केन्द्रीय सभासदसमेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार संकलन र सम्प्रेषणमा अधिक व्यस्त हुनुपर्ने भएकोले मिति सारिएको महासचिव उजिर मगरले जनाकारी गराए ।
‘असार २२ र २३ गते महाधिवेशनमा सहभागी हुन संभव नभएकोले महाधिवेशन मिति सारिएको हो ।’ महासचिव मगरले भने, ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार