काठमाडौं । दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ ।
व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैँ, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो । स्थायी घर गोरखाका गणेश भट्टले आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको बताए ।
दशैँताका न्युरोडका पसल कबल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा चमकधमकयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छुट र उपहारका अनेकौँ ‘अफर’ ले खरिददारीमा उत्साह थपेका छन् ।
उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भीड लाग्न सुरु भइसकेको छ ।
सिभिल मल, युनाइटेड वल्ड ट्रेड र सिटी सेन्टरहरूले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् ।
दशैंँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । यसले बजारमा रौनकता छाउने गरेको विशाल बजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताए । उनले दशैँ मनाउनका लागि उपत्यका बाहिर जाने मानिसले आफ्नो र आफ्नो परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लैजाने हुनाले पनि बजारमा सामान अत्यधिक मात्रामा बिक्री हुने गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




