काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ।
तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले पुष्टि गरेको छ।
कात्तिक ५ मा आयोजना हुने सम्राट नारोहितोको राज्याभिषेकमा सहभागी हुन विश्वबाट २ हजार ६ सय पाहुना जापान पुग्दै छन्। जापानी सञ्चारमाध्यमका अनुसार सो दिन मुलुकभर बिदा घोषणा गरेर राष्ट्रिय पर्वका रूपमा राज्याभिषेक मनाइनेछ।
राष्ट्रपति भण्डारीको भ्रमण आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली पनि युरोपेली मुलुक अजरबैजानको भ्रमणमा जाने भएका छन् ।
राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन त्यता प्रस्थान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




