काठमाडौं । भारतीय नागरिकबाट संखुवासभाको मादी–४ मा मानसिक रोगी महिला बलात्कृत भएकी छन् ।

स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ ।

मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार कुलिन जिल्लामा करिब एक दशकदेखि कवाडी सामान किनबेच गर्दै आएका थिए ।

उनी भारत माल्दाको नमुनियाका हुन् । प्रहरीका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र अनुसन्धान जारी रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार